कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुई दाजुभाइको ज्यान गयो
  • प्रमुख खबर

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 100?

पोखरा/ कावासोती नगरपालिका–११, लोकाहा निवासी दुई दाजुभाइको मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ। शनिबार साँझ रिठेपानी सडकखण्डमा भएको उक्त दुर्घटनामा २४ वर्षीय ईश्वर दर्लामी र उनका २२ वर्षीय भाई सागर दर्लामीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय, नवलपुरका अनुसार उनीहरू लु १३ प ७०२ नम्बरको पल्सर मोटरसाइकलमा मुण्डेतर्फबाट लोकाहातर्फ जाँदै गर्दा दुर्घटनामा परेका थिए। मोटरसाइकल अनियन्त्रित भई सडक छेउको कल्पटमा ठोक्किँदा दुवै जना गम्भीर घाइते भएका थिए।

घटनापछि तत्कालै उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पुर्याइएको भए पनि चिकित्सकहरूले उनीहरूलाई मृत घोषणा गरेका थिए।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुदिप पौडेलले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्