पोखरा ।।
कास्कीको पोखरा आसपास भूकम्पको धक्का महसुस गरिएको छ। मंगलबार दिउँसो १ बजेर ५९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूगर्भविद् लोकविजय अधिकारीका अनुसार पोखरा आसपास कम्पन महसुस भएको हो।
मंगलबार दिउँसो कास्की, बागलुङ, तनहुँ, पर्वत लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो । भूकम्प ४.७ म्याग्निच्युडको रहेको अनुसन्धान केन्द्रले जानकारी दिएको छ।












