पोखरा।।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना तथा गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) गण्डकीको सह–आयोजनामा उक्त मार्ट हुने भएको हो ।
ईयस मार्टको मुख्य उद्देश्य गाउँमा रहेका पर्यटन व्यवसायीलाई बजारसम्म जोड्ने प्रयत्न गर्दै गाउँ प्रवर्द्धन तथा बजारीकरणको लागि प्लाटफर्म सृजना गर्नु रहेको नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले जानकारी दिए ।
उक्त मार्टमा गण्डकी प्रदेशका ११ जिल्ला मध्य म्याग्दी र गोर्खाबाहेक अन्य ९ जिल्लाका २५ वटा होमस्टेहरु एकै ठाँउमा सहभागि हुने उनले बताए।
प्रमुख लामिछानेका अनुसार यसमा सामुदायिक होमस्टे तथा गाउँको पर्यटन व्यवसायीका स्टल, गाउँ पर्यटन प्रवर्द्धन, उद्योग र व्यवसायीको भूमिका, गाउँ पर्यटन प्रवर्द्धनमा सञ्चार क्षेत्रको भूमिकाबारे अन्र्तक्रियात्मक छलफल हुनेछन् ।
साथै विभिन्न जातजातिको सांस्कृतिक प्रस्तुती, गाउँ पर्यटन सम्बन्धी प्रचारप्रसारका सामग्रीको वितरणलगायतका कार्यक्रम समावेश हुने उनले बताए ।
विशेषगरी यस मार्टको उद्देश्य भनेको नै सामुदायिक होमस्टे र सेवाहरुको बारेमा जानकारी दिने, बजारीकरण तथा बजारसँग जोड्ने, गाउँमा रहेका पर्यटन व्यवसायी र संभावित ग्राहक तथा पर्यटन व्यवसायीबीच सम्पर्क स्थापना गर्ने, गाउँ पर्यटनमा निजी तथा सरकारी लगानीलाई अभिवृद्धि गर्ने र प्रदेशको समृद्धिमा योगदान पुर्याउने नै मार्ट को उद्देश्य रहेको बताए ।
यससँगै मार्टले गाउँमा खुलेका होमस्टे व्यवसायमार्फत गाउँमा हाल पलायन भइरहेका युवालाई गाउँमै आयआर्जनका अवसर सिर्जना गरी पलायन रोक्न पहल गर्ने र विदेशी पर्यटकलाई समेत गाउँमा रहेका पर्यटकीय संसाधनसँग जोड्दै उनीहरुको बसाई अवधि लम्ब्याउने उद्देश्य पनि मार्टको रहेको प्रमुख लामिछानेले बताए ।
यस्तै महोमस्टे मार्टका लागि उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, होमस्टे फेडरेशन नेपाल (होफेन) गण्डकी प्रदेश र पोखरा पर्यटन परिषद्ले सहकार्य गरेको जनाइएको छ ।













