पोखरा ।।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गरेका छन् ।
राष्ट्रिय युवा संघको १० औं राष्ट्रिय महाधिवेशन आजदेखि पोखराको अमरसिंह सुरु भएको छ। आजै साँझदेखि पोखरा सभागृहमा बन्दसत्र सुरु हुनेछ।
युवा संघको महाधिवेशनबाट अध्यक्ष, दुई जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र चार जना सचिवसहित १५१ सदस्यीय कमिटी निर्वाचित गर्ने छ।
४० वर्ष नाघेकाहरू स्वतः संगठनको नेतृत्वबाट बाहिरिने भएकाले केही सहज हुने भएको छ ।










