माओवादी केन्द्रको दोस्रो चरणको जागरण अभियान स्थगन
  • प्रमुख खबर

काठमाडौं ।।
नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको मध्य पहाडी लोकमार्ग केन्द्रित जागरण अभियान अनिश्चितकालका लागि स्थगित भएको छ ।

माओवादी केन्द्रको जेठ १६ गते बसेको पदाधिकारी बैठकले जेठ २१ देखि २५ गतेसम्म दोस्रो चरणको जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

तर मौसम विभागले पहाडी क्षेत्रमा अत्याधिक पानी पर्ने सम्भावना रहेकाले सचेत रहन आग्रह गरेका कारण उक्त अभियान स्थगन भएको हो ।

माओवादीका केन्द्रीय कार्यालय मुख्य सचिव गणेशमान पुनले प्रतिकूल मौसमका कारण अनिश्चितकालका लागि आफूहरुको अभियान स्थगन भएको जानकारी दिएका छन् ।

माओवादी केन्द्रको पहिलो चरणको उक्त अभियान जेठ २ गते बैतडीको पाटन बजारबाट सुरु भएर पोखरामा आएर टुङ्गिएको थियो ।

पोखरा स्थित चिप्लेढुंगामा विशाल आसभाको आयोजना गर्दै सो सभालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगाएत पार्टीका विभिन्न शीर्ष नेताहरुले सम्बोधन समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्