काठ्माण्डाैं ।।
पूर्वप्रधानमन्त्री एंव एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार (आज) विशेष अदालतमा उनी विरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर गरेको हो ।
याे नेपालको इतिहासमा नै पहिलोपटक पूर्वप्रधानमन्त्री माथि भ्रष्टाचारको मुद्दा दायर भएको घटना हाे । अख्तियारमा भ्रष्टाचार मुद्दा दायर भएसँगै उनकाे सांसद पद पनि गुमेकाे छ ।
पूर्वप्रधानमन्त्री नेपालसहित अख्तियारले ९३ जनाविरूद्ध समेत मुद्दा दायर गरेको छ । नेपाल प्रधानमन्त्री भएका बेला पतञ्जलि योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो ।
तत्कालीन सरकारको निर्णयबाट हदबन्दी छुटमा पाएको जग्गा पछि मन्त्रिपरिषद्कै निर्णयबाट बिक्री गरेको भेटिएपछि अख्तियारले छानबिन थालेको थियो ।
सोही प्रकरणमा नेपाललाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा भ्रष्टाचारकाे मुद्दा दायर गरेकाे हाे ।
नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको छ । अन्यको हकमा भने विगो रकम फरक फरक छ ।
यता, अध्यक्षमाथि नै भ्रष्टाचारको मुद्दा दायर भएसँगै समाजवादी पार्टीका उपाध्यक्ष वेदुराम भुसालले राजनीतिक प्रतिशोध साधेर आक्रमण गरेकाे आरोप लगाएका छन् ।
भुसालले राजनीतिक प्रतिशोध साधेर जुन प्रकारकाे आक्रमण आफ्नाे पार्टी अध्यक्षमाथि भएको छ, यसको राजनीतिक रूपमा प्रतिवाद गर्ने पनि बताएका छन् ।














