संसद् अवरोध खुलाउन नेकपा माओवादी केन्द्र तयार
  • प्रमुख खबर

काठमाडौं ।।

संसद् अवरोध खुलाउन नेकपा माओवादी केन्द्र तयार भएको छ। भिजिट भिसा छानबिनको सुनिश्चिततासहित माओवादी केन्द्र संसद् अवरोध खुलाउन तयार भएको हो ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे आफूहरूले छानबिनको सुनिश्चितता खोजेको बताउँदै यसको निम्ति छलफल चलिरहेको जानकारी दिएका छन्।

सत्तापक्षले छानबिन गर्ने प्रतिबद्धता जनाउने भएपछि माओवाद केन्द्र त्यसमा विश्वास गरेर प्रतिनिधिसभामा जारी अवरोध खोल्न तयार भएको उनले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरण काण्ड उजागर गरेसँगै प्रतिनिधि सभामा माओवादी केन्द्रको यस विषयलाई प्रवेश गराएको थियो ।

सुरुमा गृहमन्त्रीको राजीनामा नै मागेको माओवादी केन्द्र अन्ततः छानबिन हुने सुनिश्चितता भए संसद्को अवरोध खोल्न सकिने निष्कर्षमा पुगेको हो ।

माओवादी नेताहरूका अनुसार, माओवादी यस्तो निष्कर्षमा पुगेपछि कांग्रेसले मध्यमार्गी प्रस्ताव ल्याएको थियो ।

मध्यमार्गी प्रस्तावमा अख्तियारले हाल गरिरहेको अनुसन्धान सकिएपछि छुट्टै संयन्त्र बनाएर २०६४ साल यता भिजिट भिसाको नाममा भएको अनियमितताबारे छानबिन गर्ने भनिएको छ । यसमा माओवादी केन्द्र सहमत भएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्