काठमाडौं//
असार २९/ काठमाडौं महानगरपालिकाको कार्यालयमा हालै जडान गरिएको लिफ्टप्रति अनियमितताको आरोप लाग्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। अधिवक्ता युवराज सफलले मेयर बालेन शाहविरुद्ध उजुरी दिंदै, सार्वजनिक खरिद ऐन तथा नियमावलीको उल्लंघन भएको दाबी गरेका छन्।
उजुरीमा सार्वजनिक निकायले खरिद गर्दा अनिवार्य रूपमा बोलपत्र आह्वान गर्नुपर्ने व्यवस्था विपरीत प्रतिस्पर्धा, टेन्डर वा कोटेसन बिना नै अपारदर्शी ढंगले लिफ्ट जडान गरिएको उल्लेख गरिएको छ।
सफलले आफू लिफ्ट जडानको विरोधी नभएको बताउँदै, प्रक्रिया पारदर्शी नभएकै कारण आपत्ति जनाएका हुन्। उजुरीमार्फत लिफ्ट जडानसम्बन्धी सम्पूर्ण कागजात झिकाएर छानबिन गर्न माग गरिएको छ।











