पाेखरा ।।
सुनमा लगाइएको विलासिता कर र हिरामा लगाइएको भ्याट खारेज गर्नुपर्ने माग सहित पोखराका सुनचाँदी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।
बिहीबार उनीहरुले जिल्ला प्रशासन कार्यालय कास्कीको अगाडि नाराबाजी गर्दै आन्दोलनमा उत्रिएका हुन्।
सरकारले सुनमा २ प्रतिशत विलासिताको कर, हिरा र पत्थरमा १३ प्रतिशत भ्याट लगाउने निर्णयका विरुद्ध आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको व्यवसायीहरुले बताएका छन्।
उनीहरुले सुनचाँदी कारोबारको लागि व्यवसयीमैत्री एवं उपभक्तामुखी प्रष्ट नीति—नियमावली र निर्देशिका निर्माण गर्न माग गरेका छन् ।
विषेशगरी पछिल्लो समय सरकारले लगाएको यो कर निकै अव्यवहारिक भएको जसकारण यस व्यवसायमा लागेका व्यवसायीहरु थप मारमा परेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारले जानकारी दिएका छन्।
सुनचाँदी व्यवसायीहरुले कास्कीमा मात्र नभई बिहिबारबाट देशैभर प्रदर्शन गरिरहेका छन् ।











