काठमाडौं ।।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्ने भएको छ ।
भिजिट भिसा प्रकरणका कारण प्रतिनिधिसभा बैठक पटक पटक स्थगित भएसँगै नेपाली कांग्रेसको आकस्मिक बैठक बस्ने भएको हो ।
बैठक असार ४ गते बुधबारका लागि बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
उनका अनुसार भोलि बस्ने बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले भिजिट भिसा प्रकरणबारे गृहमन्त्रीको राजीनामा माग गर्दै आएको विषयका साथै अन्य समसामयिक विषयमा छलफल हुने बताए।
बैठक भोलि बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बताइएको छ।










