काठमाडौं//
अभिनेता अनमोल केसी अभिनित फिल्म ‘फर्की फर्की’ टिमविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा परेको छ। फिल्ममा आफ्नो मोबाइल नम्बर अनुमति विना प्रयोग गरिएको भन्दै नरेन्द्रबहादुर श्रेष्ठले मानसिक पीडाको उजुरी दिंदै कानुनी कारबाही र क्षतिपूर्तिको माग गरेका हुन्।
फिल्ममा अभिनेत्रीलाई मोबाइल नम्बर दिइने एक दृश्यमा श्रेष्ठको वास्तविक नम्बर प्रयोग गरिएको र त्यसपछि उनलाई बारम्बार फोन आउन थालेको उल्लेख छ। उनले नम्बर हटाउन पटकपटक आग्रह गरे पनि टिमले बेवास्ता गरेको जनाइएको छ।
‘फर्की फर्की’ फिल्म सुयोग गुरुङको निर्देशनमा बनेको हो भने रोहित अधिकारीले निर्माण गरेका थिए। फिल्म गतवर्ष हलमा प्रदर्शनमा आएको थियो।











