सरकारले गठन गर्याे भिजिट भिसा प्रकरणमा छानबिन समिति, माओवादी सकारात्मक
  • प्रमुख खबर

काठमाडौं ।।
सरकारले भिजिट भिसा प्रकरण छानबिन गर्न समिति गठन गरेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेको हाे ।

उक्त छानबिन समितिलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र सकारात्मक देखिएको छ । यस विषयलाई लिएर माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गरेर एक्दमै सकारात्मक कदम चालेकाे तर समितिको कार्यक्षेत्र हेरेर मात्र थप धारणा बनाउने जानकारी दिएका छन् ।

माओवादीले रास्वपा र नेकपा एकीकृत समाजवादीसँग मिलेर भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक समेत संलग्न रहेको आरोप लगाउँदै १८ दिन संसद् अवरोध गरेको थियो ।

यस्तै जेठ ३० गते सत्तापक्षसँग दुई बुँदे सहमति भएपछि माओवादीले संसद्को अवरोध हटाएको थियो ।

त्यस्तै संसदमा पेस भएको आर्थिक वर्ष २०८२÷०८३ को बजेट पारित गर्ने विषयमा माओवादीका सांसदहरूलाई ह्विप जारी नगरिएको उनले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्