काठमाडाैं ।।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार(आज)काे प्रतिनिधिसभाकाे बैठक बहिष्कार गरेका छन् ।
सरकारले अध्यागमन र भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेपनि रास्वपा र राप्रपाको आन्दोलन र संसद बहिस्कार भने आजपनि यथावत नै रहेकाे हाे ।
दुवै दलका नेताहरूले गृहमन्त्रीकै प्रस्तावमा पूर्व मुख्य सचिव शंकरदास वैरागी नेतृत्वमा गठित सात सदस्यीय समितिले निष्पक्ष र स्वतन्त्र रुपमा पीडितहरूले न्याय पाउन नसक्ने बताउँदै आजकाे प्रतिनिधिसभा बैठकलाई बहिष्कार गरेकाे हाे ।
सरकारले भिजिट भिसा प्रकरण छानबिनकाे लागि साेमबार मात्र समिति गठन गरेकाे थियाे ।
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै पूर्व मुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन भएको थियाे ।