पेट्रोलको मूल्य वृद्धि
  • प्रमुख खबर

पोखरा ।।

नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । मंगलबार (असार १७) बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाइएको निगमले जनाएको छ ।

पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाइएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाइएको निगमले जनाएको छ ।

नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ कायम भएको छ। हवाइ इन्धनमा पनि प्रतिकिलो लिटर ५१ डलर वृद्धि भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्