मुकुल ढकालले दायर गरेको रिट माथिको सुनुवाइ असार २७ मा हुने
  • प्रमुख खबर

Oplus_131072

काठमाडौं ।।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा. मुकुल ढकालले आफु पूर्न पहिलेकै जिम्मेवारीमा फर्कन माग गर्दै अदालतमा दायर गरेको रिट मंगलबार(आज) सुनुवाइ नै नभई सरेको छ।

उक्त रिट उपरको सुनुवाइ असार २७ गतेका लागि सरेको छ । न्यायधीशद्वय हरिप्रसाद फुँयाल र टेकप्रसाद ढुङ्गानाको इजलासमा परेको मुद्दा आज हेर्न नभ्याइने भएपछि असार २५ गतेका लागि पेशी तोकिएको हो ।

यस्तै अदालतमा ढकालले पेश गरेको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाउन आदेश दिइएको थियो । उनी निर्वाचन आयोगको पत्रको आधारमा अदालत गएका थिए ।

उनलाई रास्वपाले कारबाही गरेपनि निर्वाचन आयोगले पार्टीको पदाधिकारीमा भएको हेरफेर अद्यावधिक भने गरेको छैन ।

तपाईको प्रतिक्रिया दिनुहोस्