नेकपा एकीकृत समाजवादीकी नेतृ झाँक्रीलाई सोधियो स्पष्टीकरण
  • प्रमुख खबर

काठमाडौं ।।

नेतृत्व पुनर्गठनको माग राख्दै सार्वजनिक अभिव्यक्ति दिएकी नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई पार्टीले स्पष्टीकरण सोधेको छ ।

पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपाल जोडिएकाले पार्टी पुनर्गठनको प्रस्ताव अगाडि बढाउनुपर्ने उनको माग थियो । यही विषयलाई लिएर उनलाई स्पष्टीकरण सोधेको हो ।

नेतृ झाँक्रीलाई अबको तीन दिनभित्र जवाफ पठाउने गरी स्पष्टीकरण सोधिएको पार्टी सचिव सोमप्रसाद पाण्डेले जानकारी दिएका छन्।

गत शनिबार झाँक्रीले  ‘सिनो बोकेर’ अगाडि बढ्न नसकिने भन्दै एक कार्यक्रममा अभिव्यक्ति दिएकी थिइन् । उनको यस्तो अभिव्यक्तिप्रति पार्टीको अनुशासन आयोगले स्पष्टीकरण सोधेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्