दाउन्ने पहिरो अपडेट: पूर्वपश्चिम राजमार्ग अवरुद्ध
  • प्रमुख खबर

नवलपरासी ।।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा सडक भाँसिएका कारण बिहानदेखि बाटो अवरुद्ध भएको छ ।

बर्दघाट नगरपालिका वडा नम्बर-४ खुर्सानीखोलामा तीन फिट जति सडक भाँसिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी (डिएसपी)विरदत्त पन्तले जानकारी दिनुभयो । सडक भाँसिने क्रममा लु १ ख ५८२७ नम्बरको एउटा मालबाहक ट्रक समेत सडकमा फसेको छ ।

आज बिहानपख सडक भाँसिएपछि अहिले दुवैतर्फ गाडीको लाम लागेको छ । राजमार्ग सुचारु गराउन नारायणगढ-बुटवल सडक विस्तार आयोजनाले सडक भासिएको ठाउँमा मर्मतको काम सुरु गरिसकेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्