प्रतिनिधिसभाको मंगलबारको बैठक पनि रास्वपा र राप्रपाद्वारा बहिस्कार
  • प्रमुख खबर

काठमाडौं ।।

प्रतिनिधिसभाको मंगलबार(आज)को बैठकमा भिजिट भिसा प्रकरणलाई लिएर पुनः राजनीतिक दलको आक्रोश देखिएको छ।

यस विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजको बैठक पनि बहिस्कार गरेका छन् ।

भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् ।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको औपचारिक घोषणा गरेपछि दुवै दलका सांसदहरूले उभिएर आपत्ति जनाएका थिए ।

उनीहरूले संसदमा चर्को विरोध गर्दै तत्काल संसदीय विशेष छानबिन समिति वा उच्चस्तरीय न्यायिक आयोग गठनको माग दोहोर्याएका थिए।

विरोधका बीच सभामुख घिमिरेले रास्वपा सांसद शिव नेपालीलाई बोल्न समय दिएका थिए ।

सांसद नेपालीले सभामुखबाट बोल्ने अनुमति पाएपछि सरकार र संसदप्रति आक्रोश पोख्दै भने भिजिट भिसा प्रकरणमा छानविन गर्नका लागि हाम्रो मागलाई बेवास्ता गर्दै समिति समेत नबनाएको हुँदा तत्काल समिति नबनाए संसदमा बस्ने औचित्य नभएको बताए ।

त्यस्तै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सधैँजस्तै भिजिट भिसा प्रकरणमा आफूहरूको पार्टीले उठाउँदै आएको माग बमोजिम समिति गठन नभएकाले आफूहरूको विरोध जारी रहने बताए ।

दुवै पार्टीका सांसदले धारणा सार्वजनिक गरेलगत्तै बैठकबाट बाहिरिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्