४९ यात्रु सवार रूसी विमान सम्पर्कविहीन
  • प्रमुख खबर

पोखरा//

साइबेरियाबाट उडान भरेको रूसी विमान बिहीबार एयर ट्राफिक कन्ट्रोलको राडारबाट सम्पर्कविहीन भएको छ। एन्गारा एयरलाइन्सको उक्त जहाज ब्लागोभेसचेन्स्कबाट अमुर क्षेत्रतर्फ उडेको थियो।

क्षेत्रीय गभर्नर भासिली ओर्लोभका अनुसार जहाजमा ४३ यात्रु र ६ चालक दलसहित ४९ जना सवार थिए, जसमा पाँच बालबालिका पनि थिए। खोजीका लागि सबै सुरक्षा निकाय परिचालन गरिएको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्