विप्लव नेतृत्वसँग पार्टी एकता गर्न माओवादी केन्द्रको निर्णय
  • प्रमुख खबर

Oplus_131072

श्रावण १८, सोमबार
पोखरा ।। नेकपा माओवादी केन्द्रले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग एकताको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

सोमबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले सो कुरा बताएका हुन् ।

उनले दुवै पार्टीबीच एकताको औपचारिक छलफल शुरू गर्न वार्ता टोली गठन गरिने समेत जानकारी दिए। “विप्लव नेतृत्वको नेकपासँग पार्टी एकताको सहमति बनेको छ,” सापकोटाले भने, “अब वार्ता टोली बनाएर प्रक्रिया अघि बढाउनेछौं।”

यससँगै माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसँग पनि छलफल जारी राखेको उनले बताएका छन् । तर, सापकोटाका अनुसार समाजवादीसँगको संवाद अझै निष्कर्षमा नपुगेको बताए ।

पछिल्ला राजनीतिक परिवर्तनपछि वाम एकताको प्रयास तीव्र भइरहेका बेला माओवादी केन्द्रको यो कदमलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्