विरेन्द्र मेमोरियलमा एकदिने निःशुल्क आँखा जाँच शिविर सम्पन्न
  • प्रमुख खबर

पोखरा//

पोखरा ५ पर्स्याङ स्थित वीरेन्द्र मेमोरियल  माध्यमिक विद्यालयमा एकदिने निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। शिविरमा हिमालय आँखा अस्पतालका  चिकित्सकहरूको टोलीले करिब ३०० जना विद्यार्थी, शिक्षकको आँखाको परीक्षण गरेका थिए।

शिविरमा आँखासम्बन्धी सामान्य रोगहरूको पहिचान, चस्माको नाप जाँच, र आवश्यक परामर्श सेवा प्रदान गरिएको थियो। कार्यक्रमको आयोजना लियो क्लव अफ सिल्भर माउन्टेनस् कास्की को सहकार्यमा गरिएको हो।

 

विद्यालयका प्रधानाध्यापक श्री सन्तोष लामिछानेले यस्तो स्वास्थ्य जाँचले विद्यार्थीहरूको पढाइमा समेत सकारात्मक प्रभाव पर्ने बताउनु भयो। शिविरमा जाँच गराइएका केही विद्यार्थी,शिक्षक तथा कर्मचारीलाई आवश्यक परे थप उपचारका लागि हिमालय आँखा अस्पतालमा सिफारिस गरिएको छ। विद्यार्थीहरूले यस किसिमको शिविरले अस्पतालकै स्तरमा गुणस्तरीय स्वास्थ्य सेवा पाएको अनुभूति व्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्