धरहरा टपरी म:ममा धातुको औँठी भेटियो:२ लाख जरिवाना, ७ दिनभित्र बुझाउन निर्देशन
  • प्रमुख खबर

पोखरा//

काठमाडौँको प्रसिद्ध फास्ट फुड व्यवसाय धरहरा टपरी म:मलाई २ लाख रुपैयाँ जरिवाना तोकिएको छ। काठमाडौँ महानगरपालिकाको नियमित अनुगमनका क्रममा उक्त म:म पसलले तयार पारेको खाद्य वस्तुमा धातुको औँठी फेला परेको थियो।

महानगरको कृषि तथा खाद्य विभागका प्रमुख नुरनिधि न्यौपानेका अनुसार, व्यवसायले पटक–पटक दिइएका निर्देशनहरूको अवज्ञा गर्दै खाद्य स्वच्छता तथा गुणस्तर मापदण्डको उल्लङ्घन गर्दै आएको भेटिएको हो। यही कारण थप कडा कारबाहीस्वरूप जरिवाना लगाइएको हो।

महानगरले व्यवसाय सञ्चालकलाई सात दिनभित्र बैंकमार्फत जरिवाना बुझाएर विवरणसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ। साथै, भविष्यमा खाद्य स्वच्छता र मापदण्ड सुनिश्चित गर्दै मात्र उत्पादन र बिक्री गर्न चेतावनी पनि दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्