१९ वर्षीया किशोरी बलात्कार आरोपमा एक युवक पक्राउ
  • प्रमुख खबर

पोखरा//

दाङको तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरका २० वर्षीय बालकृष्ण गिरीलाई जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दर्ता भएपछि प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। गिरीले १९ वर्षीया किशोरीमाथि बलात्कार गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षद्वारा जारी बुलेटिनअनुसार यस घटनाबारे थप अनुसन्धान जारी रहेको उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्