भाद्र ४ गते, बुधबार
पाेखरा ।।
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बुधबार(आज)काे प्रतिनिधिसभा बैठकमा हुने भनिएकाे प्रश्नोत्तर कार्यक्रम नहुने भएको छ ।
स्वास्थ्यमा प्रतिकूलता देखिएको कारण प्रधानमन्त्री ओली बैठकमा आउन नसक्ने भएपछि आजकाे प्रश्नोत्तर कार्यक्रम नहुने भएको हाे ।
यस विषयमा नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा बर्तौलाले भने,”स्वास्थ्यका कारण सम्माननीय प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि आज संसद् बैठकमा आउन नसक्ने” जानकारी गराएका थिए ।
प्रतिनिधिसभाको आजको कार्यसूची अनुसार प्रधानमन्त्री ओलीले सांसदहरूले सोध्ने प्रश्नहरूको जवाफ दिने कार्यक्रम तय गरिएको थियो । तर, प्रधानमन्त्रीको अनुपस्थितिले सो कार्यक्रम स्थगित भएको छ ।
विशेषगरी प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार प्रत्येक सत्रमा प्रधानमन्त्रीलाई सांसदहरूले प्रत्यक्ष प्रश्न सोध्ने र प्रधानमन्त्रीले त्यसको जवाफ दिने व्यवस्था गरिएको छ ।
यसअघि पनि स्वास्थ्य जटिलताका कारण प्रधानमन्त्री ओलीका सार्वजनिक कार्यक्रमहरू केही समयका लागि प्रभावित भएका थिए ।











