भाद्र ६ गते, शुक्रबार
पोखरा ।। बेष्ट डेस्टिनेशन एजुकेशनल प्रा. लि. ले पोखराको सिद्धार्थ चोकमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ।
वि.सं २०७६ सालदेखि चितवनमा सफलतापूर्वक सेवा दिँदै आएको यस अग्रणी शिक्षा परामर्श संस्थाले भदौ ११ गतेदेखि पोखरामा नयाँ शाखा विस्तार गर्न लागेको हो ।
चितवनबाट विद्यार्थीलाई विदेश अध्ययनका लागि सही मार्गदर्शन र पारदर्शी सेवा प्रदान गर्दै आएको यस संस्थाले अब पोखरामा पनि सोही अनुरूप सेवा प्रधान गर्ने संस्थाका अध्यक्ष सञ्जय कुँवरले जानकारी दिएका छन् ।
उनले भने, “पोखरामा जापान अध्ययनको ठूलो बजार छ, तर व्यवस्थित मार्गदर्शनको अभाव छ। हाम्रो नयाँ शाखाले विद्यार्थीलाई सही जानकारी, पारदर्शी प्रक्रिया र व्यावसायिक सहयोग प्रदान गर्नेछ।”
उनका अनुसार आफ्नो यस संस्थाले चितवनमा जापानलगायतका देशमा सयौं विद्यार्थीहरूलाई उच्च शिक्षा प्राप्त गर्न सहयोग गर्दै आएकोमा अब यहाँबाट समेत आफ्नो सेवाहरुलाई निरन्तरता दिने बताए ।
प्रा.लि.ले शाखा विस्तारको अवसरमा विभिन्न छुट कार्यक्रम ल्याएको छ । जसअन्तर्गत जापानी भाषा कक्षामा २० जनालाई भर्ना शुल्क छुट, IELTS तथा PTE तयारीका कक्षामा २० जनालाई नि:शुल्क कक्षाहरु सञ्चालन गरिने र विभिन्न संघ–संस्थासँगको सहकार्यमा सञ्चालन हुने तालिम कार्यक्रममा विशेष छुट दिने अध्यक्ष कुँवरले बताए ।
यस्तै यस प्रा.लि.ले आगामी दिनमा जापानी भाषा शिक्षा र अन्तर्राष्ट्रिय परीक्षा तयारीका लागि आधुनिक प्रशिक्षण केन्द्र स्थापना, अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा संस्थासँग साझेदारी गरेर छात्रवृत्तिका साथै अन्य अवसरहरु प्रदान गर्ने पनि उनले बताए ।
त्यस्तै अनलाइन काउन्सेलिङ प्लेटफर्म विस्तार गरेर ग्रामिण क्षेत्रका विद्यार्थीलाई पनि सेवा पुर्याउने लक्ष्य राखिएको बताउँदै व्यावसायिक तथा सीपमुलक तालिम र देशभर थप शाखा विस्तार गर्ने प्रा.लिको तयारी भइरहेको पनि जानकारी दिए ।












