भाद्र १२ गते, पोखरा ।।
पर्यटकीय राजधानीमा पोखरामा पहिलो पटक “होन्डा अपग्रेड महोत्सव”आयोजना हुने भएको छ। कुँवर ब्रर्दश एण्ड सन्स प्रा. लि.ले यही भदौ १५ देखि २० गतेसम्म पोखरा सभागृह हलमा उक्त महोत्सव आयोजना गर्न लागेको हो ।
विषेश गरी ग्रहकहरूको चाहना र मागलाई मध्यनजर गर्दै आयोजना गर्न लागिएको यस महोत्सवमा होन्डा मोटरसाइकल र स्कुटर प्रयोगकर्तालाई विशेष सुविधा उपलब्ध गराइने आयोजकले जनाएको छ।
यस्तै होन्डाले आफ्ना उत्पादनलाई बीएस–६ प्रविधिमा अपग्रेड गर्ने उद्देश्य समेत राखेको छ । होन्डा ब्रान्ड विश्वकै प्रतिष्ठित अटोमोबाइल्स ब्रान्डमध्ये एक मानिन्छ ।
गुणस्तरीय उत्पादन, बिक्रीपछि उत्कृष्ट सेवा, सहजै उपलब्ध हुने स्पेयर पार्टस र उच्च रिसेल भ्यालुका कारण नेपाली बजारमा यसको माग निरन्तर बढ्दै गएको कम्पनीले जनाएको छ ।
आयोजकले महोत्सवमा सहभागी हुने ग्राहकका लागि विशेष योजना समेत ल्याएको बताइएको छ । जसअन्तर्गत ग्राहकले आफ्ना पुराना सवारीसाधन साट्दा होन्डा ब्रान्डमा कम्तीमा रु ३० हजार सम्म मूल्याङ्कन पाउनेछन् भने अन्य ब्रान्डका सवारीसाधनमा भने रु २० हजार सम्म मूल्याङ्कन गरिनेछ ।
त्यसै गरी, अतिरिक्त स्वरूप रु ६ हजारसम्म थप मूल्याङ्कन हुने सुविधा रहने र नगद खरिदमा रु ६ हजार छुट तथा फाइनान्स मार्फत खरिद गर्दा मात्र १ प्रतिशत ब्याजदरको सुविधा उपलब्ध हुनेछ ।
त्यस्तै यस महोत्सव अवधिभर होन्डा ब्रान्डका ग्राहकहरुका लागि फ्री चेकअप क्याम्प सञ्चालन गरिने आयोजकले जनाएको छ । यो सुबिधसंगै मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरको सहकार्यमा सामान्य स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध गराइने भएको छ ।









