पोखरामा पश्चिम नेपालको सबैभन्दा ठूलो सामसुङ प्लाजा उद्घाटन
  • प्रमुख खबर

भाद्र १५, पोखरा ।। पोखरावासी उपभोक्ताका लागि नयाँ अनुभव दिने उद्देश्यले पश्चिम नेपालको सबैभन्दा ठूलो सामसुङ ब्रान्डेड शोरू पोखरामा पनि सुरु भएको छ।

न्युरोडस्थित पाल्पा हाउस भवनमा रहेको नागार्जुन ट्रेडिङ हाउस नामक शोरूमलाई आइतबार(आज) विशेष समारोहकाबीच उद्घाटन गरिएको हो।

शोरूमको उद्घाटन हिम इलेक्ट्रोनिक्सकी निर्देशक सीमा गोल्छाले गरेकी हुन् ।

नागार्जुन ट्रेडिङ हाउसका प्रोप्राइटर जनपुकार मुनकर्मीका अनुसार नयाँ शोरूम पश्चिम नेपालकै ठूलो र अत्याधुनिक मानिएको छ।

प्लाजामा उपभोक्ताले सामसुङका सबै प्रकारका घरायसी तथा इलेक्ट्रोनिक सामग्रीहरू जस्तै टेलिभिजन, मोबाइल, फ्रिज, वासिङ मेसिन, फ्यान, माइक्रो ओभन, एसी लगायतका उपकरणहरु एकै स्थानमा सहज रूपमा पाउनेछन्।

उनले भने,” यस सामसुङ प्लाजाबाट ग्राहकलाई सामसुङ ब्रान्डको सम्पूर्ण उत्पादन एकै छानामुनि उपलब्ध हुने भएकाले उपभोक्ताले आवश्यक सामग्री रोजी – रोजी खरिद गर्न सहज हुनेछ।”

व्यवसाय तथा समाजसेवामा सक्रिय रहेका मुनकर्मीले करिब १३ वर्षअघि नै पोखराको महेन्द्रपूलमा सामसुङको पहिलो एक्सक्लुसिभ शाखा सञ्चालनमा ल्याएका थिए।

पाल्पाली समाज पोखराका सल्लाहकार समेत रहेका उनले यस व्यवसायलाई थप व्यवस्थित र फराकिलो बनाउँदै लानको लागि पोखराको मुटु न्यूरोडस्थित पाल्पाली हाउसमा उक्त शोरुमलाई स्थान्तरण गरिएको जानकारी दिए।

उद्घाटनको अवसरलाई विशेष बनाउँदै प्लाजामा खरिद गर्ने ग्राहकलाई विशेष छुटको व्यवस्था गरिएको छ। साथै दशैं–तिहार अफर पनि उद्घाटनकै दिनदेखि सुरु गरिएको छ। अफरमार्फत उपभोक्ताले नयाँ प्रविधियुक्त सामसुङ उत्पादनहरू आकर्षक मूल्यमा खरिद गर्न पाउने भएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्