भुक्तानीको समयसीमा तोकिएपछि दूध किसानको आन्दोलन स्थगित
  • प्रमुख खबर

भाद्र १८, काठमाडौं ।।
केही दिनदेखि चलेको दूध किसानको आन्दोलन स्थगित भएको छ । बुधबार (आज) कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरकार र आन्दोलनरत दुग्ध संघ -संस्थाबीच
भएको बैठकमा दुग्ध उत्पादक कृषकलाई बाँकी रकम भुक्तानी गर्ने समयसीमा तोकेसँगै उनीहरूले आन्दोलन स्थगित गरेको हो ।

उक्त बैठकमा सरकारले दुग्ध उत्पादक कृषकलाई सम्पूर्ण बाँकी रकम कात्तिक मसान्तसम्म भुक्तानी गर्ने सहमति जनाएको छ ।

जसअन्तर्गत सहमति अनुसार २०८२ असार मसान्तसम्मको बक्यौता रकम आगामी २०८२ असोज ५ गतेभित्र, साउन मसान्तसम्मको रकम असोज ३० गतेभित्र र भदौ मसान्तसम्मको रकम कात्तिक मसान्तभित्र भुक्तानी गर्ने गरी सहमति भएको छ ।

यसबाहेक, सहकारी संस्था र किसानले उत्पादन गरेको दूध निरन्तर खरिद गर्ने र परिमाण नघटाउने सहमति पनि भएको छ ।

यससँगैसरकारले तोकेको न्यूनतम मूल्यमा नै देशभरका उद्योगहरूले दूध खरिद गर्नुपर्ने व्यवस्था कार्यान्वयन गर्ने प्रतिबद्धता बैठकमा गरिएको छ ।

सो बैठक पश्चात दुग्ध उत्पादक कृषक देखि लिएर विभिन्न संघसंस्थाले तोकिएको समयमै भुक्तानी नभए पुनः आन्दोलनमा जानुपर्ने चेतावनी पनि दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्