आज देखिँदैछ खग्रास चन्द्रग्रहण : आकाशमा रातो चन्द्रमा
  • प्रमुख खबर

भदौ २२, पोखरा

भाद्र शुक्ल पूर्णिमाको दिन आज खग्रास चन्द्रग्रहण लाग्दैछ । यो २०८२ सालको पहिलो चन्द्रग्रहण हो ।

ग्रहणको समयमा चन्द्रमा रातो देखिने भएकाले यसलाई सामान्य भाषामा ‘ब्लड मुन’ भनिन्छ । वैज्ञानिक दृष्टिले पृथ्वीको वायुमण्डलले निलो प्रकाशलाई छरपस्ट पार्ने भएकाले रातो प्रकाश मात्र चन्द्रमामा पुग्छ र चन्द्रमा रातो झैँ देखिन्छ ।

यो दुर्लभ दृष्य नेपाल, भारत, एसिया, पश्चिम अष्ट्रेलिया र युरोपका अधिकांश क्षेत्रका ८५ प्रतिशत मानिसले अवलोकन गर्न सक्नेछन् ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहण राति १० बजेर ११ मिनेटमा सुरु भई राति १ बजेर ४१ मिनेटमा अन्त्य हुनेछ । मौसम अनुकूल रहेमा पोखरा सहित देशभर साढे तीन घण्टा लामो यो दृष्य स्पष्ट देखिनेछ ।

यसै वर्ष फागुन शुक्ल पूर्णिमामा फेरि खण्डग्रास चन्द्रग्रहण लाग्नेछ । याद रहोस्, चन्द्रग्रहण सधैं पूर्णिमामा र सूर्यग्रहण औंसी तिथिमा मात्र लाग्ने गर्दछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्