भाद्र २३, पोखरा ।।
गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् । सोमबार(आज) देशैभर भएको भ्रष्टाचार, जनताको पैसाको दुरुपयोग र अन्याय विरुद्ध जेनजीको शान्तिपूर्ण प्रदर्शनका क्रममा १९ जना युवा मृत्यु र ३ सय जना भन्दा बढी घाइते भएपछि चौतर्फी विरोधका कारण उनले राजीनामा दिएका हुन् ।
गृहमन्त्री लेखकले आज साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् ।











