अत्यावश्यक बैंकिङ र डिजिटल भुक्तानी सेवा सञ्चालन गर्न राष्ट्र बैंकको अपील
  • प्रमुख खबर

भाद्र २६, काठमाडाैं ।।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई न्यून कर्मचारीमार्फत पनि अत्यावश्यक बैंकिङ र डिजिटल भुक्तानी सेवा निरन्तरता दिन आग्रह गरेको छ।

बिहीबार(आज) सूचना जारी गर्दै राष्ट्र बैंकले सबै इजाजतप्राप्त वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र भुक्तानी सेवा प्रदायक संस्थालाई सेवा अवरुद्ध हुन नदिने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

त्यसैगरी सेवा सञ्चालन भइरहेका शाखा, एटीएम र उपलब्ध सुविधा सम्बन्धी विवरण आफ्नै वेबसाइट तथा सामाजिक सञ्जालमार्फत आम नागरिकलाई नियमित रूपमा सार्वजनिक गर्न पनि केन्द्रीय बैंकले अनुरोध समेत गरेको छ।

जेनजी आन्दाेलनका कारण अहिले देशभरका बैंकिङ संस्थाहरु थप्प रहेका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्