भाद्र २६, काठमाण्डाैं ।।
जेनजी प्रदर्शनका क्रममा देशभर मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार मृतकको संख्या ३४ पुगेको हो ।
यस्तै देशभर विभिन्न अस्पतालमा १ हजार ३ सय ६८ जना घाइते उपचाररत छन् भने हालसम्म ९ सय ४९ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंको सिभिल अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, भेरी अस्पतालमा ५ जना, एभरेष्ट अस्पतालमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसी अस्पतालमा २, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २, बयोधा अस्पतालमा, त्रिवि शिक्षण अस्पताल, इलाम अस्पताल, बिएनसी अस्पतालमा एक–एक जनाको मृत्यु भएको छ ।









