भाद्र २८, काठमाडौं ।।
जेनजी आन्दोलनका क्रममा भएका घटनामा ठूलो जनधनको क्षति भएकोप्रति विभिन्न राजनीतिक दलहरूले संयुक्त रुपमा गहिरो रूपमा शोक व्यक्त गरेका छन्।
उनीहरूले आन्दोलनका क्रममा मारिएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्।
उनीहरूले भदौ २७ गते राति बसेको प्रतिनिधिसभा बैठकमा संविधानको दायरामै रही राष्ट्रिय सहमति निर्माण गर्दै मुलुकलाई निकास दिनुपर्ने निष्कर्षमा दलहरू पुगेका छन्।
विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानले प्रदत्त अधिकारको प्रयोग गर्दै शान्तिपूर्ण आन्दोलन गर्न सक्ने वातावरण सबका लागि सुनिश्चित गर्नुपर्छ।”दलहरूले लोकतन्त्रलाई कमजोर पार्ने, अस्थिरता बढाउने र बाह्य शक्तिलाई हस्तक्षेप गर्न दिने अवस्था सिर्जना नगरी संवैधानिक मार्गबाटै समस्या समाधान गर्न जोड दिएका छन्।
संविधानलाई आधार मानेर राजनीतिक संवाद र सहमतिको बाटो अपनाउन सबै दलहरूको साझा प्रतिबद्धता व्यक्त गरिएको छ। दलहरूले आपसी अविश्वास हटाई शान्ति, स्थिरता र जनअपेक्षा अनुसार अघि बढ्न आह्वान गरेका छन्।
विज्ञप्तिमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी ८ दलका शीर्ष नेताहरूको हस्ताक्षर रहेको छ।










