प्रधानमन्त्री कार्कीको घोषणा : मन्त्री ११ भन्दा बढी हुँदैनन्, राजनीतिक अनुहारलाई प्रवेश निषेध
  • प्रमुख खबर

भाद्र ३१, काठमाडौं ।।
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषद् अधिकतम ११ सदस्यमा सीमित रहने स्पष्ट गरेकी छन् ।

उनले राजनीतिक दलसँग आवद्ध नभएका व्यक्तिलाई मात्र मन्त्री बनाउने प्रतिबद्धता पनि व्यक्त गरेकी छन्।

बीबीसी नेपाली सेवासँगको विशेष अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले भनिन, “मन्त्रिपरिषद् करिब १० देखि ११ भन्दा बढी हुने छैन। मन्त्री नियुक्ति क्षमता र योग्यता अनुसार हुनेछ”।

उनका अनुसार पहिले नै तीन जना मन्त्री नियुक्त भइसकेको छन् भने अब मन्त्री छनोटमा समावेशीतालाई प्राथमिकता दिइनेछ।

उनले भनिन्, “राजनीतिमा सक्रिय नभएका तर विभिन्न संस्थामा काम गरेको अनुभव भएकाहरुलाई ल्याउने तयारी भइरहेको छ ।”

उनले विषेशगरी राजनीतिक आवद्धता भएका व्यक्तिलाई मन्त्रिपरिषदमा राख्दा चुनावमा ध्यान दिन गाह्रो हुने भएकोले चुनाव नलड्ने व्यक्तिलाई मन्त्री नबनाईने पनि स्पष्ट पारेकी छन्।

प्रधानमन्त्री कार्कीको यस कदमलाई अन्तरिम सरकारलाई निष्पक्ष, कार्यक्षम र चुनावमुखी बनाउन गरिएको प्रयासका रूपमा हेरिएको छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्