जेनजी आन्दोलनका क्रममा बैंकमा लुटपाट, ३८ करोड बराबरको क्षति
  • प्रमुख खबर

आश्विन १, काठमाडौं ।।
राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट ठूलो मात्रामा नगद र सुन लुटपाट भएको तथ्य सार्वजनिक भएको छ।

नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलका अनुसार जेनजी आन्दोलनका क्रममा संसद भवन परिसरभित्र रहेको उक्त शाखाबाट करिब ५ करोड रुपैयाँ नगद र १८ किलो सुन चोरी भएको हो।

लुटिएको नगद र सुनको बजार मूल्य गरेर करिब ३७ देखि ३८ करोड बराबरको सम्पत्ति लुटिएको उनले एक कार्यक्रममा अन्तरवार्ताका क्रममा जानकारी दिएका छन् ।
उनका अनुसार हाल उक्त घटना सम्बन्धी अनुसन्धानको लागि बैंकको सिसिटिभी फुटेजमार्फत अघि बढाइएको छ।

जेनजी आन्दोलनका क्रममा मुलुकभरका ६८ वटा बैंकका शाखा कार्यालयहरूमा आक्रमण भएको र ६९ वटा एटिएममा क्षति पुगेको गभर्नर पौडेलले बताए । तर समग्र बैंकिङ प्रणाली भने सुरक्षित रहेको उनको दाबी छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्