आश्विन ५, काठमाडौं ।।
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक आइतबार(आज) प्रमाणीकरण भएको छ । उक्त
विधेयकलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका हुन् ।
संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको विधेयकलाई संविधानको धारा ११३(२) बमोजिम राष्ट्रपति पौडेलले आज प्रमाणीकरण गरेका हुन्।
यससँगै लामो समयदेखि विवाद र बहसको विषय बनेको नागरिकता सम्बन्धी कानुनी संशोधन अब कार्यान्वयनको चरणमा प्रवेश गरेको छ।












