दशैंका लागि गत वर्ष ४ अर्ब बराबरका सुकिला नोट सटही भएकोमा यस वर्ष ६ अर्ब सटही
  • प्रमुख खबर

असोज १५, काठमाडौं ।।
यस वर्षको दशैंका लागि नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको सुकिला नोट सटही माग अपेक्षाकृत कम देखिएको छ।

भदौ २९ देखि असोज १० गतेसम्म राष्ट्र बैंकले गरेको सटही अवधिमा करिब ६ अर्ब रुपैयाँ बराबरका सुकिला नोट मात्र साटिएक छन् ।

गत वर्ष झण्डै ४ अर्ब रुपैयाँ बराबरका सुकिला नोट सटिएका थिए। तर यस वर्ष त्यसभन्दा केही बढी नयाँ नोट साटिए पनि विगतमा सटही गर्दा हुने मागको तुलनामा यो रकम निकै कम हो।

वि. सं.२०८० सम्म दशैंका लागि विशेषगरी नयाँ नोट छपाइ गरी वितरण गरिँदै आएकोमा त्यसपछिका वर्षहरूमा सरकारले नयाँ नोटको सट्टा बजारमै चल्तीमा रहेका तर सफा र राम्रै अवस्थामा रहेका सुकिला नोट वितरण गर्ने नीतिगत निर्णय गरेको हो।

राष्ट्र बैंकका अनुसार बजारमा पर्याप्त नोट उपलब्ध रहँदा विशेषगरी दशैंका लागि मात्र नयाँ नोट छाप्नुपर्ने आवश्यकता घटेको जनाएको छ।

नयाँ नोट छाप्दा अतिरिक्त खर्च बढ्ने भएकाले सुकिला नोट सटहीको व्यवस्था बैंकले गरेको बताइएको छ।

राष्ट्र बैंकका अनुसार बजारमा पहिलो पटक पठाइएका नोटलाई नयाँ नोट मानिन्छ भने प्रयोगमा आइसकेका तर अझै राम्रै अवस्थामा रहेका प्रयोगयोग्य नोटलाई सुकिला नोट भनिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्