शेयर काराेबार मंगलबार देखि खुल्ने
  • प्रमुख खबर

असोज २०, पोखरा ।।

शेयर कारोबार आज पनि बन्द भएको छ । काठमाण्डौ उपत्यकाका सबै सार्वजनिक कार्यालय आजदेखि खुलेका छन् । तर नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज पनि शेयर कारोबार बन्द गरेको हो ।
सरकारले बाढी पहिरोका कारण शनिवार विज्ञप्ति निकालेर हिजो र आज सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । हिजो सार्वजनिक बिदा भए पनि सरकारले अर्काे सूचना निकालेर विपद् जोखिम कम भएका जिल्लाहरूमा आजदेखि सार्वजनिक सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो ।

त्यही निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आजको बिदा कटौती गरेर सबै प्रकारका कार्यालय खोल्न निर्देशन दिए पनि नेप्सेले भने शेयर कारोबार नखुलाएको हो । अब शेयर कारोबार भोलिदेखि मात्रै खुला हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्