असोज २९, काठमाडौं ।।
नेपाली बजारमा बुधबार(आज) सुनको मूल्यले अहिले सम्मकै उच्च भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढ्दै २ लाख ४८ हजार ९ सय रुपैयाँ पुगेको छ।
हिजोको तुलनामा आजको मूल्य ऐतिहासिक स्तरमा पुगेको हो। हिजो तोलाको २ लाख ४८ हजार ५ सय रुपैयाँ थियो।
लगातार बढिरहेको अन्तर्राष्ट्रिय बजार मूल्य र आयात लागतले सुनको मूल्यमा थप दबाब दिएको महासङ्घले जनाएको छ। तर, सुनसँगै उकालो लाग्ने अपेक्षा गरिएको चाँदी भने आज ओरालो लागेको छ।
आज चाँदीको मूल्य तोलामा ८५ रुपैयाँले घट्दै ३ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो यो मूल्य ३ हजार ३ सय २५ रुपैयाँ थियो।
विश्लेषकहरूका अनुसार विश्व बजारमा अमेरिकी डलर बलियो बनेको र सेयर बजारमा स्थिरता देखिएको कारणले चाँदीको माग घटेको हो।
नेपालमा भने सुनको भाउ लगातार बढ्दै जाँदा गहना बजारमा खरिदकर्ताहरू पर्ख र हेरको अवस्थामा देखिएका छन्।









