राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गर्यो कक्षा ११ ग्रेडवृद्धि परीक्षाको नतिजा
  • प्रमुख खबर

असोज ३१, काठमाडौं ।।
जेठ १३ देखि २१ गतेसम्म सञ्चालन भएको कक्षा ११ को आंशिक र ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार(आज) नतिजा सार्वजनिक गरेको हो । कुल १४ हजार ९ सय १० विद्यार्थी परीक्षामा सहभागी भएकामा ९ हजार ४ सय ५६ जना विद्यार्थीले मात्र परीक्षा उत्तीर्ण गरेका छन्।

विद्यार्थीहरुले आफ्नो नतिजा बोर्डको वेबसाइटमार्फत वा नेपाल टेलिकमको १६०१ नम्बर डायल गरी प्राप्त गर्न सक्ने व्यवस्था समेत गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्