कार्तिक ९,काठमाडौँ
१५ कात्तिकपछि व्यवसायी दुर्गा प्रसाईंले घोषणा गरेको आन्दोलनबारे चारवटै सुरक्षा निकाय — नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग — का प्रमुखहरूले प्रधानमन्त्री, गृहमन्त्री र गृहसचिवलाई संयुक्त रूपमा ब्रिफिङ दिएका छन्।
स्रोतका अनुसार, सुरक्षा निकायहरूले प्रसाईं समूहले भाडाका मान्छे परिचालन गरी ठूलो भिड जम्मा पार्ने, बाहिरबाट घुसपैठ हुन सक्ने र पठाओ, इनड्राइभजस्ता राइडर तथा अनलाइन कलिङ सेवाहरू प्रयोग गरेर परिस्थिति अस्थिर बनाउन सक्ने जोखिमबारे चेतावनी दिएका छन्।
सरकारले अहिलेलाई संवाद र सम्झाइ–बुझाइमार्फत् समाधान खोज्ने प्राथमिकता राख्ने तयारी गरेको छ। तर, आन्दोलन हिंसात्मक वा तोडफोडतर्फ उन्मुख भएमा तत्काल कडा कारबाही गर्ने रणनीति पनि तयार पारिएको बताइएको छ।









