कार्तिक १४, काठमाडौं ।।
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा
हरि खड्का नियुक्त भएका छन्। शुक्रबार(आज)
अखिल नेपाल फुटबल संघ(एन्फा)ले पूर्वकप्तान खड्कालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
एन्फाले एएफसी एशियन कप २०२७ क्वालिफायरलाई लक्षित गर्दै खड्कालाई टोलीको नेतृत्व सम्हाल्ने जिम्मेवारी दिएको आज सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो ।
पूर्व राष्ट्रिय स्ट्राइकरका रूपमा ख्याती कमाएका खड्काले अब आउँदो कात्तिक २७ गते हुने नेपाल र बङ्गलादेशबीच हुने मैत्रीपूर्ण खेलबाट टोलीको प्रशिक्षण सुरु गर्नेछन्।
उक्त खेल फिफा विन्डो अन्तर्गत बङ्गलादेशमा आयोजना हुनेछ। यसअघि टोलीको मुख्य प्रशिक्षकमा रहेका म्याट रसले राजीनामा दिएका थिए।













