डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रूपैयाँले घट्यो तर पेट्रोलको मूल्य यथावत
  • प्रमुख खबर

कार्तिक १५, काठमाडौं ।।
नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर एक रूपैयाँले घटाएको छ।

निगमले गएरातिदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य घटाएको हो । तर पेट्रोल र खाना पकाउने ग्यासको मूल्य भने यथावत छ ।

नयाँ मूल्य अनुसार चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढीमा डिजेल र मट्टीतेलको खुद्रा मूल्य प्रतिलिटर रु.१४१.५० पुगेको छ।

त्यस्तै सुर्खेत र दाङमा प्रतिलिटर रु. १४३ कायम गरेको छ भने काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर रु. १४४ तोकेको छ।

यस्तै हवाई इन्धन (आन्तरिक) मा पनि प्रतिलिटर रु. १२८ निर्धारण गरिएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ७ अमेरिकी डलरले बढेको छ।

नेपाल आयल निगमले हालको मूल्य समायोजनलाई अन्तर्राष्ट्रिय बजारमा इन्धन मूल्यमा आएको उतार–चढावसँग सम्बन्धित बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्