कार्तिक २१, एजेन्सी ।।
भारतको बिहार राज्यमा भएको विधानसभा निर्वाचनको पहिलो चरणको मतदान सम्पन्न भएको छ।
भारतीय निर्वाचन आयोगका अनुसार बिहीबार सम्पन्न पहिलो चरणमा १८ जिल्लाका १ सय २१ निर्वाचन क्षेत्रमा मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन्।
अन्तराष्ट्रिय समाचार संस्थाका अनुसार उक्त पहिलो चरणको मतदानमा करिब ३ करोड ७५ लाखभन्दा बढी मतदातामध्ये ६४.६६ प्रतिशतले मतदान गरेका थिए।
यो सहभागिता दर विगतका सबै विधानसभा चुनावभन्दा उच्च रहेको आयोगले जनाएको छ।













