कार्तिक २२, काठमाडौं ।।
श्रीलङ्कामा जारी काभा महिला १९ वर्षमुनि भलिबल च्याम्पियनशिप अन्तर्गत शनिबार( आज) सेमिफाइनलका खेलहरू हुँदैछन्।
पहिलो सेमिफाइनल नेपाली समय अनुसार दिउँसो २ बजे आयोजक श्रीलङ्का कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
त्यस्तै दिउँसो साढे ४ बजे हुने दोस्रो सेमिफाइनलमा नेपालले माल्दिभ्ससँग भिड्नेछ। नेपालले लिग चरणमा तीन खेल खेलेको थियो।
पहिलो खेलमा कीर्गिस्तानसँग पराजित भएको नेपालले दोस्रो खेलमा श्रीलङ्कालाई र तेस्रो खेलमा माल्दिभ्सलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो।
दुई जितसहित नेपाल शीर्ष स्थानमा रहँदा श्रीलङ्का दोस्रो, कीर्गिस्तान तेस्रो र माल्दिभ्स चौथो स्थानमा रहेका छन्।
प्रतियोगितामा जम्मा चार टोली सहभागी छन्। विजेता उपाधि र तेस्रो स्थानका लागि निर्णायक खेलहरू भोलि आइतबार हुनेछ।













