नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण मंसिर १ देखि, उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज बीच हुने
  • प्रमुख खबर

कार्तिक २४ काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। सोमबार (कात्तिक २४) नेपाल क्रिकेट संघ (क्यान)ले आगामी प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो।

तालिकाअनुसार उद्घाटन खेल मंसिर १ गते त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबिच हुनेछ। खेल दिउँसो ४ बजे सुरु हुने तय गरिएको छ।

एनपीएलको दोस्रो संस्करणमा पहिलो संस्करणका आठै टोलीको सहभागिता रहनेछ। प्रतियोगिता मंसिर २७ गतेसम्म चल्नेछ र सबै खेलहरू त्रिवि क्रिकेट मैदानमै आयोजना गरिनेछन्।

गत संस्करणमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो। यस वर्ष पनि त्यही उत्साह र प्रतिस्पर्धात्मक खेलको पुनरावृत्ति हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्