गण्डकी प्रदेश प्याराग्लाइडिङ संघका अध्यक्ष बसन्तराज दवाडीको हृदयघातबाट निधन
  • प्रमुख खबर

मङ्सिर १, पोखरा

गण्डकी प्रदेश स्तरीय प्याराग्लाइडिङ संघका अध्यक्ष बसन्तराज दवाडीको निधन भएको छ।
आइतबार राति हृदयघातका कारण घरमै उनको मृत्यु भएको उनका साथी राम गुरुङले जानकारी दिएका छन्।

दवाडी नेपाल प्याराग्लाइडिङ संघका संस्थापक सदस्य समेत रहेकाले प्याराग्लाइडिङ क्षेत्रले एक अनुभवी नेतृत्व गुमाएको मानिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्