एनपिएल -२ को आजको खेलमा किङ्स–एभेन्जर्स र राइनोज–याक्सको भिडन्त हुने
  • प्रमुख खबर

Oplus_131072

मंसिर २, काठमाडौं ।।
देशकै बहुप्रतिक्षित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण हिजोदेखि जारी छ। लिगको दोस्रो दिन मंगलबार(आज) दुईवटा महत्वपूर्ण खेल हुने भएका छन्।

पहिलो खेल पौने १२ बजे चितवन राइनोज र कर्णाली याक्सबीच हुनेछ । दुवै टोलीले यस संस्करणमा जितको यात्राबाट निकाल्ने लक्ष्यसहित मैदान उत्रदैछन् ।

दोस्रो खेल दिउँसो ४ बजे विराटनगर किङ्स र पोखरा एभेन्जर्सबीच हुँदैछ । यी दुवै टोलीबीचको खेल समेत रोमाञ्चक हुने दर्शकहरुले अपेक्षा गरेका छन्।

यस्तै हिजो भएको उद्घाटन खेलमा काठमाडौं गुर्खाजले जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो।

जनकपुरले दिएको १ सय ३१ रनको लक्ष्य काठमाडौंले १८ ओभरमै ५ विकेटको क्षतिमा पूरा गर्‍यो।
टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ६ विकेट नगुमाई १ सय ३० रन जोडेको थियो।

प्रतियोगितामा जनकपुर बोल्ट्स, काठमाण्डौ गुर्खाज, विराटनगर किङ्ग्स, चितवन राइनोज, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स
गरी आठ फ्रेन्चाइज सहभागी रहेको एनपीएल–२ को फाइनल खेल मंसिर २७ गते हुने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्