मंसिर ५, काठमाडौं ।।
नेपाल प्रिमियर लिग (एनपिएल)को शुक्रबार(आज) हुने खेल थप रोमाञ्चक हुने भएको छ।
त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछ । खेल आज साँझ ४ बजेबाट सुरु हुनेछ ।
कुशल भुर्तेलको नेतृत्वमा पोखरा एभेञ्जर्स खेल मैदानमा उत्रदै छन् भने सुदूरपश्चिम रोयल्स कप्तान दीपेन्द्रसिंह ऐरीको कमाण्डमा मैदानमा देखिने छन् ।
पोखरा एभेञ्जर्सको मुख्य स्तम्भमा आकाश चन्द, सागर ढकाल, त्रित राज दास, दिनेश खरेल, विपिन खत्री तथा विकेटकिपर एडम रोसिङ्टन रहनेछन्।
त्यस्तै सुदूरपश्चिमको टोलीमा विकेटकिपर विनोद भण्डारी संगै विश्वक्रिकेटमा परिचित नाम क्रिस लिन, जोश ब्राउन, स्कट कुग्गेल्जिन रहेका छन्। घरेलु तर्फबाट आरिफ शेख, ईशान पाण्डे, हेमन्त धामी र बलर अविनाश बोहरा ले टिमलाई मजबुत बनाएका छन्।
विषेशगरी आजको खेल जसले जिते पनि दुवै टोलीको स्टार–पावर र आक्रामक खेलशैलीले टीयू मैदान आज रोमाञ्चक क्षणहरूले भरिने पक्का देखिएको छ।













