एनपीएल सुपर शनिबार: चार टिम, दुई खेल र रोमाञ्चक भिडन्त
  • प्रमुख खबर

Oplus_131072

मंसिर ६, काठमाडौं ।।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शनिबार (आज) दुई वटा खेल हुँदैछ । पहिलो खेल बिहान ११ बजेर १५ मिनेटमा कर्णाली याक्स र लुम्बिनी लायन्स आमनेसामने हुँदै छन्।

त्यस्तै दोस्रो खेल दिउँसो ३:३० बजे काठमाडौं गोर्खाज र विराटनगर किंग्सबीच हुनेछ । दुवै टोली आज पनि पूरा आत्मविश्वास र जोसका साथ मैदान उत्रिँदैछन्।

पहिलो खेलमा कर्णाली चितवन राइनोजसँग ४ विकेटले हार्दै दबाबमा छ भने लुम्बिनीले चितवनलाई ६ विकेटले पाखा लगाउँदै आत्मविश्वास बलियो बनाइसकेको छ।

काठमाडौं गोर्खाज यो संस्करणमा उतार–चढावबीच यात्रा गरिरहेको छ। उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको टोली त्यसपछिको खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो।

विराटनगर भने उत्कृष्ट सुरुवात गरेको टोली हो, जसले पहिलो खेलमै पोखरालाई पराजित गर्दै आफ्नो दाबी प्रमाणित गरिसकेको छ।

विषेशगरी आजको खेल निकै रोमाञ्चक हुने आयोजकले जनाएको छ। यस वर्षको दोस्रो संस्करणमा सुदूरपश्चिम, पोखरा, विराटनगर, काठमाडौँ, लुम्बिनी, चितवन, जनकपुर र कर्णाली गरी आठ टोली प्रतिस्पर्धामा छन्।

मंसिर १ देखि सुरु प्रतियोगिता मंसिर २७ गतेसम्म निरन्तर जारी रहनेछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्